0
Shares

जनकपुर । धनुषामा दुई पक्षबीच झडप हुँदा एक दर्जन व्यक्ति घाइते भएका छन् ।
सबैला नगरपालिका वडा नम्बर-४ पटेर्वामा दुई पक्षबीच झडप हुँदा दुवै पक्षका गरी एक दर्जन व्यक्ति घाइते भएका हुन् ।
सडक विस्तारको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मुकेन्द्र कुमार मिश्रले बताए ।
दुवै पक्ष बीचको विवादले झगडाको रुप लिएपछि कुटाकुट भएको उनले बताए । घाइतेहरुको नाम भने खुल्न सकेको छैन् ।
घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको र घटनामा संलग्न एकजनालाई पक्राउ गरिएको डिएसपी मिश्रले जानकारी दिए।