![](https://i0.wp.com/rupantaranonline.com/wp-content/uploads/2021/05/Shardha-scaled.jpg?fit=776%2C405&ssl=1)
गौशाला । एकल महिलाले पनि नमुना काम गर्न सक्छन भनि उदाहरणीय पात्र बनेकी छिन महोत्तरीकी साँसद शारदादेवी थापा । प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य रहेकी थापा ३९ वर्षको हुदाँ उनको श्रीमान्को मधुमेहको कारण मृत्यु भएको थियो ।
त्यसपछिको वाँकी जीवन विभिन्न उतारचढावका वावजुद विताउनुपरेको साँसद थापाले बताएकी छिन । यस अघि महिलाहरुको हकहितका लागी विभिन्न संघसंस्थामा आवद्ध भई आवाज उठाउदै आएकी शारदा थापा २०७४ सालको निर्वाचनमा महोत्तरी क्षेत्र नं. १ (क) वाट प्रदेश सभा सदस्य बन्न सफल भएकी हुन ।
विं. सं. २०२३ साल जेठ २५ गते तत्कालिन वर्दिवास गा.वि.समा बुबा दल बहादुर खत्री र आमा कर्णदेवी खत्रीको कान्छी छोरीको रुपमा शारदा थापाको जन्म भएको थियो । राजनितीकमा आउनुपुर्व थापाले विभिन्न समाजिक संघसंस्थामा आवद्ध भई नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएकी थिईन । उनी भन्छिन आज यहाँसम्म्म आउनका लागि विभिन्न वाधा अवरोह पार गर्नुपरेको छ । हुनत कुनै पनि संघसंस्थामा एउटा लिडर भएर र त्यसमा पनि महिलाहरुको लागी काम गर्नका लागि सोचेजस्तो त्यति सहज छैन, तर पनि आफु दिनरात संर्घष गरेर आफुलाई नमुना महिलाको रुपमा स्थापित गर्न सफल भएको बताईन ।
थापाले ५० दशकको उतराद्र्धमा आएर तत्कालिन नेकपा एमालेको निती, उद्देश्य मन परेकोे कारण राजनितीक यात्रा तय गरेकी साँसद थापाले बताईन । त्यसपछि आफुले २०५८ सालमा औपचारिक रुपमा एमालेमा प्रवेश गरेको उनले बताइन् सुनाईन । त्यस समय नेतृ थापा अखिल नेपाल महिला संघ बर्दिवास गाउँ कमिटीको अध्यक्ष भएर कामलाई निरन्तरता दिएकी थापाले बताईन । त्यसपछि पार्टीको गाउँ कमिटिको उपाध्यक्ष बन्नमा सफल भईन् । वि.सं. २०६२ सालमा उनले नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेकी थिईन ।
काम गर्ने क्रममा थापाले विं. सं. २०६७ सालमा नेपाल अखिल महिला संघ महोतरीको जिल्ला अध्यक्ष भएकी थिईन भने त्यस पछि पाटी जिल्ला कमिटीको सचिवालय सदस्य भएकी थिईन । सो अवधीमा महिलाका मुद्धाहरु धेरै आउथ्यो स्मरण गर्र्दै साँसद थापाले भनिन—“त्यस मध्येबाट जवरजस्ती करणी, मानव वेचविखन, ज्यान मुद्धा बाहेक सबै मुद्धाहरु हेर्थे । महिलाको मुद्धाहरुमा सवाल उठाउँदै जनताको घरदैलोसम्म पुगेकै कारण आज आफुले सवैको नेता बन्न सफल बनेकी हुँ ।”
पार्टीको सचिवालय रहेको वेलामा उनले खानेपानी संस्थानको अध्यक्षमा उम्मेदवारी दिएका थिए तर त्यहाँ चार वटा पार्टी एक भएको र आफु एमालेबाट एक्लै उम्मेदवारी भएको कारण आफुले हार व्यहोर्नुपरेको नेतृ थापाले बताईन ।
स्थानीय तहमा पनि वर्दिवासबाट उपमेयरमा नाम आएपनि पछि नमिसन हुनेदिन १ महिनाको लागी चुनाव सरेको थियो र यता चुनाव पनि स¥यो उता थापाको नाम पनि हटाईसकेकोले सो समयमा आफु उपमेयरको पदबाट बञ्चित हुनु परेको उनले सुनाईन् ।
“उपमेयरबाट बञ्चित भएकोले गर्दा त्यतिबेला उसलाई धेरै दुःख मात्रै होईन छटपटाहट पनि लागेको थियो । तर महिलाको साहस हुन्छ भने कुरा पुष्टि गर्नको लागी आफुले धैर्यताका साथ पुनः पार्टीमा लागेर प्रदेशसभाको चुनावको तयारीमा लागेको थियो ।” साँसद थापाले भनिन ।
पछि पाटीले प्रदेश सभाको चुनावको लागी टिकट दिएपछि प्रत्यक्षतर्फबाट चुनावमा लडे । त्यो बेला उनले आफ्नै भनाउनेहरुले आफुलाई हराउनुपरेको उनले स्मरण गर्दै सुनाईन । उनले अगाडि भनिन—“यो पनि एउटा महिलामा साहस भएकै कुरा हो । एक त महिला , त्यसमा पनि एउटै परिवारबाट दूई जनाको उम्मेदवारी कसरी जित्न सक्छ होला ।, हँसिया हथौडाको चिन्हबाट चुनावमा उत्रिएकी थापाले आफनै भदईलाई पराजित गर्दै उनी निर्वाचित भएकी थिईन ।
सुखद रुपमा वाल्यकालको अवस्था विताएकी थापाको विवाह कक्षा ९ मा पढ्दै गरेको अवस्थामा भएको थियो । विवाह भएकै कारण आफुले पढाईलाई तत्कालको लागि विश्राम दिएकी थिईन । थापाले १६ वर्षको हँदा पहिलो, १८ वर्षमा दोस्रो र २२ वर्षमा तेस्रो सन्तानको जन्म दिएकी थिईन । उनले वालविवाह गरेतापनि जीवनयापन रामैै्रसंग विताउदै आएकी थिईन । तर भगवानले एक दिन यस्तो समय बनाईदियो कि त्यो दिन देखि उहाँँको जिवनमा सधैँको लागी दुःखको दिन सुरुवात भयो । थापा ३९ वर्षको हुदाँ उहाँको श्रीमान्को मधुमेहको कारणले गर्दा मृत्यु भएपछि एकल महिला भएर जिवन विताउनु परेको छ । थापाले अगाडी भनिन्—“एकल महिलाहरुलाई घर परिवार,समाज लगाायत अन्य ठाउँहरुमा पनि नराम्रो दृष्टिकोणले हेरेको बताईन् ।
दलितलाई छुवाछुतको रुपमा लिन्छ भने एकल महिलालाई अशुभको रुपमा लिन्छ । शुभकार्यमा अगााडी बढ्न नहुने , बाटो काट्न नहुने , विहान उठ्दा कसैले मुख हेरिहाल्यो भनै दिनभारि नै खराब हुने मान्यता रहेको बताए । तर अब विस्तारै विस्तारै यी कुरीतीहरु हट्छ भने करामा विश्वास गरेकी छिन् ।” यति दःख हुँदाहुँदै पनि सबै कुरालाई विर्सेर उहाँले २०६८ सालमा अर्थात उमेरको ३८ वर्ष पछि पुनः पढाईलाई निरन्तरता दिएर अगााडी बढिन् र यसको संगसंगै आजको दिनमा उहाँले प्रदेशसभाकी साँसद भएर सबैको मन जित्नमा सफल भएकी छिन् ।
प्रदेश सभाको महिला सदस्यलाई पनि धेरै समस्याहरु रहेको बताईन् । महिला सदस्यलाई कर्मचारीले नटेर्ने, प्रहरीले नटर्ने, राजनितिक दलका आफ्नै साथीहरुले समेत खासै महत्व नदिएको गुनासो पोखेकी छिन । यो एक किसिमको महिला हिँसा नै हो । यी समस्याहरुले गर्दा हामी जनताको काम गर्न सकिरहेका छैनौ । हामीमा अध्यय्नको कमि महशुस गर्दै आफूलाई सक्षम बनाउने आवश्यक्ता रहेको बताईन् ।