Thursday 18th of July 2024

गौशाला बजारको नाला बन्यो फोहोरको डम्पिङ्ग साईड, ‘हाम्रो गौशाला राम्रो गौशाला’को नारा रहयो कागजमै सिमित ।। (फोटो फिचर)

0 Shares

गौशाला महोत्तरीको गौशाला नगरपालिका वडा नं. ५ मा अवस्थित गौशाला बजार यसक्षेत्रकै नमुना एवम ईतिहास कायम राख्न सफल वजारको रुपमा परिचित रहेको छ ।
नगरपालिका स्थापना भएको समयमा ‘हाम्रो गौशाला राम्रो गौशाला’ नारा लिएर अगाडि बढेको अभियान कागजको पानामा सिमित भएपछि यस वजारको विकास ज्युँको त्युँ अवस्थामा रहेको छ । अर्थात भनौ वजार विकासको गतिविधीमा कुनै फरकपन देखिएको छैन । वजारको पुरानो सिनेमा हलदेखि पुरानो नगरपालिका भवन अर्थात हालको वडा नंं ५ को कार्यालयसम्म जाने बाटो जीर्ण अवस्थामा रहेको छ । छेउमै रहेको नाला फोहोरले भरिएको छ । पानी वग्ने नाला डम्पिङ्ग साईडको रुपमा परिणत भएको छ ।


नगरपालिक स्रोतका अनुसार वजार सरसफाईको शिर्षकमा मासिक एक लाख भन्दा वढि रकम खर्चिदै आएको छ । तर सो को असर यहाँको वजारमा खासै पर्न सकेको छैन । नगरपालिकाको हरेक वैठकको लागि यहाँका जनप्रतिनिधी एवम कार्यालयका कर्मचारीहरु यहि बाटो हुँदै आवातजावत गर्ने गर्दछ । अझ कसैको नजर यस नाला तथा सडक मर्मत गर्न तर्फ नपर्नु विकासको लागि दुःखदपक्ष रहेको छ ।


‘हाम्रो गौशाला राम्रो गौशाला’को नारालाई सिद्ध गर्नका लागि अझ पनि स्थानिय जनप्रतिनिधीहरु समयमै सोच्ने हो कि ?

प्रतिक्रिया