Saturday 5th of October 2024

गौशालास्थित रामजानकी कुटी अस्तव्यस्त, विहान र साँझ भगवानको भोग लगाउनमा कठिनाई

0 Shares

धनवीर महतो
गौशाला / महोत्तरीको गौशालास्थित रामजानकी कुटीमा भगवानको भोग लगाउनका लागि कठिनाई भएको मन्दिरका पुजारी चरण दासले गुनासो पोखेका छन् । गौशाला बजारकै छेउमा रहेको ऐतिहासिक मन्दिर रामजानकी कुटीमा विहान र बेलुकी भगवानलाई दिईने भोग समेत दिईने अवस्था नरहेको पूजारी दासले बताए ।
मन्दिरमा धेरै समयदेखि समितिका पदाधिकारी नआएपछि मनिदरको अवस्था अस्तव्यस्त बन्दै गएको छ ।

व्यवस्थापन समितिले सर्वअधिकार आफनो निहितमा राखेको तर मन्दिरको कोषमा पैसा नहालेपछि यस्तो अवस्था सिर्जना भएको मन्दिर स्रोतले जनाएको छ । पूजारीले भने, पछिल्लो समय भिक्षा मागेर खाईरहेको छु । व्यवस्थापन समिति फर्केर आउँदैन् । मन्दिर परिसरभित्र शौचालय नहुँदा सौच गर्नका लागि वाहिर जानुपर्ने अवस्था रहेको छ । मन्दिरको अवस्था पछिल्लो समयमा आएर जर्जट बन्दै गएको ती पूजारीले बताए ।
मन्दिरको अधिनमा रहेको सम्पतीमार्फत मासिक रुपमा आम्दानी लगभग १ लाखको हाराहारीमा आम्दानी रहेको छ । व्यवस्थापन समितिले समयमै चासो नदेदखाएकै कारण यस्तो अवस्था सिर्जना भएको स्थानियहरुले बताएका छन् ।
मन्दिरको नाममा प्रसस्त जग्गा जमिन रहेको छ तर आज सम्म कुनै समितिले मन्दिरको उन्नति गर्न नसकेको स्थानिय युवा जगदिस प्रसाद गुप्ताले बताए ।

उनले भने, गौरी साहको नेतृत्वमा गठन भएको समितिसँग अनेकौपटक आम्दानी र खर्चको विवरण मागि सकेको छु । ती समितिले अझ पनि ती विवरण सार्वजानिक गर्न सकेको छैन् ।
त्यसैगरि शम्भु साह सोनारले यस मन्दिरको पहिलाको अध्यक्ष र हालको अध्यक्ष उस्तै रहेको बताए ।

उनले भने , “अध्यक्ष गौरी साहले टावरको भाडाबापत २ लाख रकम ल्याइएका थिए । तर त्यो पैसा कहाँ खर्च भए नभएको केहि थाह भएन यसले प्रस्ट हुन्छ । सबै पैसाहरु अध्यक्ष लगायत समितिको खल्तीमा गईरहेको छ । मन्दिरमा भोग लगाउनको लागि समेत अवस्था छैन । हामीले पटक पटक समिति समक्ष गुनासो गरेपनि कसैले सुन्दैन ।
जनता समाजवादी पार्टीका नगर संयोजक कुमार कान्त झा यस मन्दिरमा जुनसुकै समिति आएपनि चोरको काम मात्र गरेको टिप्पणी गरे । उनले भने , “धर्मस्थलको सम्पत्ति जसले खान्छ त्यसको विनाश निश्चित छ । मन्दिरको करोडौको सम्पत्ति भएपनि यहाँका पुजारीहरु मागेर खान बाध्य छन् । समितिका मानिसहरु व्यक्तिगत स्वार्थ पुरा गर्नमा लागेका छन् ।यो मन्दिर गौशाला बजारको धरोहर हो ।

No photo description available.यसको संरक्षण गर्नु हामी सबैको दायित्व हो । गौशालामा कुनै पनि सार्वजनिक संस्थाको कार्य समितिको कार्य अवधि सकेपछी पनि उनीहरु नै समितिमा बसिरहेका हुन्छ । जस्तै गौशाला उद्योग वाणीज्य संघको कार्य अवधि सकिसकेको छ तर पनि आफुलाई कार्य समितिमा राखी संस्थालाइ बर्बाद पारिरहेका छन् । मन्दिरको छेउमा शौचालय निर्माण हुन सकेको छैन । जसले गर्दा पुजारीहरुलाई निकै समस्या भएको छ । मन्दिरको नाममा रहेको जग्गा प्रयोगविहिन छन् । यसले कारणले आम्दानीमा कमि ल्याएको छ । तसर्थ समितिले खाने र लुट्ने मनसाय नराखेर मन्दिरको प्रगतिको बारेमा जोड दिनु आवश्यक छ ।“
यस सम्बन्धमा गौशाला नगरपालिकाका कार्यपालिका सदस्य जुगल किशोर साहले चुनाव पछी वडा अध्यक्ष ओम प्रकाश गुप्ताले गठन गरेको नयाँ समितिले मन्दिरको व्यवस्थापनका निम्ति राम्ररी कार्य गर्न नसकेको प्रति खेद प्रकट गरेका छन् ।

उनले भने, मन्दिरको जति सम्पत्ति रहेको छ, त्यसबाट मन्दिरको साथै अन्य समाजिक कल्याणमा रकम लगाउन सकिन्थ्यो तर त्यस्तो हुन सकेको छैन् । मन्दिरको चारैतिर रहेको कोठाहरु भाडा लागेको र त्यसबाट मनग्य आम्दानी भईरहेको छ । अव मन्दिरको संरक्षणको लागि सहरेकलाई सशक्त भुमिकामा आउनुपर्नेको विकल्प छैन् ।


पछिल्लो समय अध्यक्ष गौरी साहको नेतृत्वमा नयाँ समिति बनाइएको थियो । समिति निर्माण भएको करिब १८ महिना बितीसक्दा पनि हालसम्म आम्दानी र खर्चको विवरण सार्जनिक नहुनुमा गौशालाका व्यापारीहरुले आपत्ति जनाएका छन् ।

प्रतिक्रिया