गौशाला / महोत्तरीको गौशालामा विभिन्न कार्यक्रम गर्दै बालदिवस मनाईएको छ । आईतबार गौशाला नगरपालिका ११ स्थित श्री नेपाल राष्टिय जनता आधारभुत विद्यालय लक्ष्मिनियाँमा विविध कार्यक्रम गरि बालदिवस मनाईएको हो ।
सो विद्यालयमा कक्षागत रुपमा वक्तृत्वकला, चित्रकला, नृत्य, चेयररेस र गायनमा विधामा प्रतिस्पर्धा गराएको विद्यालयका प्रधानाध्यापक भोगेन्द्रप्रसाद महतोेले बताएका छन् ।
उत्कृष्ट हुनेलाई विद्यालय र समुन्नत परियोजनाकोतर्फबाट पुरुस्कार प्रदान गरिएको प्रधानाध्यापक महतोले जानकारी दिएका छन् ।
त्यस्तै बालदिवसको अवसरमा शनिवार गौशालावजारमा सडक नाटकको आयोजना गरिएको थियो ।
सेभ द चिल्ड्ेनको सहयोगमा सामुदायिक विकास तथा पैरवी मन्च नेपाल वर्दिवासको समुन्नती परियोजनाको आयोजनामा बालविवाह सम्बन्धि सडक नाटक प्रर्दशन गरिएको हो । सो नाटकमा नगर वाल संजालका विद्यार्थीहरु सहभागी रहेको परियोजनाकी रिन्कु श्रेष्ठले जानकारी दिईन् ।
बाल विवाहका असर तथा कानुनी सजाय बारे जनचेतना दिने उदेश्यले पात्रहरुले नाटक प्रस्तुत गरेको श्रेष्ठले बताईन् ।