Saturday 5th of October 2024

मिथिलानी जितिया पर्व अन्र्तगत ३६ घण्टे कठोर परीक्षा दिदै

0 Shares

धनवीर महतो

महोत्तरी / भनिन्छ, आमा त्याग, तपश्या र समर्पणका प्रतीक हुन्छिन् । उनी आफ्ना सन्तानको सुख-शान्ति र प्रगतिको लागि जे पर्न गर्न तयारी अवस्थामा रहन्छिन् । आमाहरु सन्तानको हितमा आफु भोको रहेर पनि जीवनयापन गरिएको अनेकौ उदाहरणहरु रहेका छन् । सन्ताका हरेक खुशीका लागि आफुहर परिक्षा, कठिनाईबाट आफुलाई राख्न दिन तत्पर रहन्छिन् । सोही अनुरुप मिथिलानीहरु आफ्ना सन्तानको दिर्घायु, सु् स्वास्थ्य अनि पारिवारिक कल्याणको लागि कामना सहित ३६ घण्टे निर्जल व्रत जितियामा उपवास बसेका छन् । आज एका विहानै च्युरा, दही, आचार, अमोट (दर) खाएका मिथिलानीहरु ३६ घण्टे उपवासमा बसेका छन् ।

Jitiya festival celebrated in Kathmandu, Nepal-Xinhua

भनिन्छ यो व्रत अन्य पर्वको तुलनामा धेरै नै कठिन रहेको छ । उपवासको क्रममा व्रतालुले थुक समेत निल्न पाउदैन् । त्यस्तै जानेर वा नजानेर कुनै सामग्री भाँचिए वा टुटन गए व्रत नै अधुरा रहन्छ । पुनः अर्को बर्ष पर्व मनाउन नपाईने धार्मिक मान्यता रहेको छ ।

यसबर्ष व्रतको प्रारम्भ सोमबारबाट भएको हो । पहिलो दिन जलाशयमा गई व्रतालु स्नान गरि घिरौलाको पातमा सरसोको तेल र खँडी (पिन) चढाएका थिए । ती तेल आ-आफ्ना सन्तानको शरीरमा दलिएर सुख शान्ति एवं दीर्घायुको कामना गरेका थिए । त्यसपछि सुहागन महिलाहरु माछा एवम् कोदोको रोटी खाएकी थिईन् भने विधवा महिलाहरु भात च्युरा र कोदोको रोटी खाएका थिए ।

Jitiya Festival - buy images of Nepal, stock photography Nepal

मंगलबार एकाबिहान सूर्योदयभन्दा चार घडीपूर्वको समयमा व्रतालुहरु वेसारको पातमा दही, च्युरा, फलफूल सहित भगवान जितुवाहनलाई प्रसाद अर्पण गरि दर खाएका छन् । भगवानलाई अर्पण गरेको प्रसाद विहानपख बच्चाहरु खान दिएका थिए ।

जितिया पर्वको अवसरमा मिथिलामा धेरै जसो ठाउँहरुमा भगवान जितुवाहनको प्रतिमा राखी पूजा आजासँगै विभिन्न सांस्कृतिक कार्यक्रहरुको आयोजना गरिएको छ ।

व्रत अवधिमा ब्रतालुले नजिकको जलाशयमा गई सामुहिक रुपमा राजा जितवाहनको कथा सुन्ने गरिन्छ । आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी होउन् भन्ने कामना गर्छिन् । द्वापरयुगमा एक विधवा ब्राह्मणीको पुकारमा उनका पाँच मृत छोरालाई राजा जितवाहन (देवरुप) ले आफ्नो आर्जित तपशक्तिबाट बचाइदिएको पौराणिक लोककथामा उल्लेखित छन् । सोही धार्मिक मान्यताको यो कठोर व्रत बस्ने परम्परा बसेको जानकारवालाहरु बताउँछन् । राजा जितवाहन र जितिया पर्वको चर्चा भविष्यपुराणमा भएकाले यसको थालनी द्वापरयुगमा नै सुुरु भएको मानिन्छ ।

Jitiya Vrat 2023: Date, Mythology, Significance & Rituals

आफूहरूले गर्ने जितिया व्रतको प्रभावले नै सन्तानको सौर्यवृद्धि, कल्याण, सामाजिक इज्जत, प्रतिष्ठा र साहस प्राप्त हुने बर्तालु आमा बताउँछन् । सन्तानको कल्याण र सौर्यवृद्धिको कामनासहित बर्तालु मिथिलानीले यस पर्वमा दिवङ्गत पितृ रिझाउन व्रत बस्ने परम्परा छ । यस व्रतमा पुरुषले पितृपक्षमा दिवङ्गत आफन्तलाई तर्पण दिएजस्तै बर्तालुले दिवङ्गत आफन्त महिलालाई तर्पण दिने गर्दछन् ।

यसबर्ष व्रतालुले वुधबार दिउँसो व्रतको विधिवत रुपमा समापन गर्नेछन् ।

प्रतिक्रिया