महोत्तरी / औरही नगरपालिकामा संचालित विषहारामाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना ७२ जना ज्येष्ठ सदस्यहरुलाई दशै खर्च वितरण गरेको छ ।
शनिवार औरही नगरपालिकास्थि रामविलास चन्देश्वर यादव जनता माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच जनही ५ सय रुपैयाँका दरले दशै खर्च उपलब्ध गराईएको हो ।
कार्यक्रममा औरही नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष रामआश्रय यादव, वडा नं. ७ का वडाअध्यक्ष श्री जितेन्द्र यादवले दशै पर्वको सम्बन्धमा चर्चा परिचर्चा गरेका थिए ।
कार्यक्रममा संस्थाकी अध्यक्ष गणिता यादव, सचिव राम नारायण साह, व्यवस्थापक संजय कुमार यादव लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो । संस्थाका सचिव रामनारायण साहले जेष्ठ नागरिकलाई सरकार बाट प्राप्त हुने समाजिक सुरक्षा भत्तालाई सदुपयोग गरी आफ्नो स्वास्थ्य र खानपानमा ध्यान दिने कुरा बताए ।
संस्थाले विगत चार वर्षदेखि जेष्ठ सदस्यहरूलाई दशैं खर्च दिँदै आएका छन् ।