Saturday 5th of October 2024

जग्गा विक्रीवापतको १० लाख रकम पाउन १० बर्ष वित्यो तर पाएन भुक्तानी, जग्गाधनी महतो भन्छन,—‘एकदशकको अवधिमा हरेक बैठकमा भए उधारै सहमति’

0 Shares

गौशाला । गाँउमै सरल र सुलभ रुपमा सर्वसधारणलाई स्वास्थ्य सेवा प्राप्त होस उद्देश्य हरेकको मनमा रहेको हुन्छन । स्वास्थ्य र शिक्षाजस्तो क्षेत्रमा निःस्वार्थ भावनाले सहयोग गर्नेलाई समाजले सम्मानजनक व्यवहार गर्नुपर्दछ । चाहे त्यो मनोभावना सहयोग होस वा आर्थिक सहयोग दुवै समाजिक रुपान्तरणका लागि अति आवश्यक रहेको छ । तर हाम्रो समाजले त्यस्ता व्यक्तिलाई हेर्ने दृष्टिकोणमा केही फरकपन पाउन छैनन् ।

जसको प्रत्यक्ष उदाहरण रहेका छन, गौशाला नगरपालिका वडा नंं ११ का रामऔतार महतो । सार्वजानिक हित एवम लोककल्याणको निम्ति गाँउमै सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण होस चाहना सजाएर ९ कटेठा जग्गादान गरेका थिए । जसमध्ये २ कट्ठा जग्गाको रकम भुक्तानी पाउनको लागि रामऔतारले एक दुई बर्ष होईन, उनले एक दशक अर्थात १० बर्षसम्म प्रयारत रहे । जहाँ गए नि उधारै सहमति उनलाई गर्नुपर्यो ।

अनेकौपटक सर्वदलीय वैठक वस्यो अनेकौ पटक सहमति भयो तर उनले आफु विक्रीनामा गरेको जग्गाको रकम पाउन असफल रहयो । भवन निर्माणको क्रममा रहेको समयमा पुनः तत्कालिन ७ दलका प्रतिनिधीले ठाँउ अपुग भएको भन्दै छेउमै रहेको २ कट्ठा जग्गा माग गरेपछि आफुले प्रतिकट्ठा ५ लाखका दरले उक्त जग्गा स्वास्थ्य चौकीको नाममा दर्ता गराएका थिए ।

१० लाख भुक्तानी पाउनका लागि १० बर्षको यात्रा भए विफल, जहिले नि उधारै सहमति : जग्गादाता रामऔतार महतो

आफुले सर्वसधारणलाई स्वास्थ्य जस्तो संस्थाको लागि ७ कट्ठा निःशुल्क र २ कट्ठा विक्रीनामा गर्ने शर्तमा ९ कट्ठा जग्गा प्रदान उपलब्ध गराएका थिए । तत्कालिन समयमा गाविसको कार्यालयले रकम उपलब्ध गराउने विश्वासका साथ आफुले उपलब्ध गराएको २ कट्ठा जग्गाको १० लाख रकम बराबरको भुक्तानीको लागि बर्षौसम्म गरेको प्रयास असफल भएको छ ।

आफुले विक्री गरेको जग्गाको भुक्तानीको लागि २०७३ साल ज्येष्ठ ३२ गतेका दिन तत्कालिन सभासद सिताराम भण्डारीले आफनो निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषबाट गाविस भरतपुरको नाममा १० लाख रकम छुटयाएका थिए । तर तत्कालिन ७ दलका प्रतिनिधी र कार्यालयका कर्मचारीले केही प्राविधीक एवम प्रक्रिया नमिलेको भन्दै आफुलाई अन्तिम समयमा आएर भुक्तानी गर्न असमर्थ रहेको जवाफ दिएका थिए ।

सो पछि आफुले वारम्बार तत्कालिन समयदेखि हालसम्ममा गरि अनेकौ पटक तकेदा गर्दा समेत हातमा शुन्य लागेको छ । कहिकतैबाट उपाय लागेन । आफुहरु अहिले निराश भईसकेको छु । नगरपालिकाको कार्यालय, स्थानिय जनप्रतिनिधी, नागरिक समाजका अगुवा लगायतका सरोकारवाला निकायसँग वारम्बार आग्रह गरेको छु तर जहिले नि उधारो सहमति मात्र हुन्छ ।

प्रतीक्षा प्रतीक्षा अझ कहिलेसम्म प्रतीक्षा : विन्दादेवी महतो

गाँउमै स्वास्थ्यचौकी निर्माणको लागि ५ कट्ठा जग्गादान दिएको स्थानमा स्वास्थ्य चौकी निर्माण भईसकेको छ । नाम र जस पाईन्छ भन्दै आफुले सो जग्गा भवन निर्माणका लागि उपलब्ध गराएको थियो । १० लाख रुपैयाँ पाउनका लागि धेरै नै प्रयास गर्यो विभिन्न समयमा वैठक बस्यो तर पैसा पाउन सकेनौ । जहिले नि उधारै सहमतिमा चित वुझाउनुपर्यो । समय क्रमिक रुपमा परिवर्तन हुँदै २० बर्षपछि जनप्रतिनिधी पदस्थापना भयो भवन निर्माणले पुर्णता पायो तर आफनो पैसा उपलब्ध भएन । अब अझ कतिदिनसम्म भुक्तानीको लागि प्रतीक्षा गर्नुपर्ने हो ठेगान छैन । अब त अति नै भईसक्यो ।

तत्कालिन गाविस सचिव महतोलाई पहल गर्नुपर्यो : योग नारायण श्रेष्ठ / स्थानिय राजनितीककर्मी

तत्कालिन ७ दलको आग्रहअनुसार स्वास्थ्य चौकी जस्तो भवनको लागि जग्गादान दिएर रामऔतार महतोले समाजिक कार्य गरेका छन । जुन सराहनीय र प्रशंसनीय रहेको छ । उनीसँग खरिद गरेको जग्गाको भुक्तानीको व्यवस्था पनि तत्कालिन राजनितीक दललाई नै जोहो गर्नुपथ्र्यो । तत्कालिन गाविस सचिव महेश्वर महतोले अव सर्वपक्षीय एवम सर्वदलीय बैठक वसि एकपटक उनको रकम भुक्तानीको लागि प्रयास गर्नुपर्छ । तत्कालिन ७ दलले दिन नसकेको निसाफ अव रामऔतार महतोले पाउनुपर्छ ।

पहिले नि भुक्तानीको प्रयास भएकै हो : महेश्वर महतो / तत्कालिन भरतपुर गाविस सचिव

वि.सं. २०७३ सालमा तत्कालिन संविधासभा सदस्य सिताराम भण्डारीले संसदीय कोषमार्फत प्राप्त भएको १० लाख रकम भुक्तानी गर्नका लागि प्रयास गरेको थियो । तर संसदीय कोटाको रकम सिधै व्यक्तिलाई रकम हस्तान्तरण वा भुक्तानी गर्न नपाईने नियमकै कारण सो समयमा उक्त भुक्तानी हुन नसकेको हो । आफु अवकाश हुने क्रममा सो विषयमा तत्कालिन गाविस सचिव गोनु मण्डललाई को जानकारी गराएको थियौ । पछिल्लो समयमा आएर नगरप्रमुख शिवनाथ महतोको उपस्थितमा सोही जग्गाको विषयलाई लिएर भएको थियो । वृहत छलफलमार्फत पनि रकम दिने सहमति भएको थियो तर के कारण सो भुक्तानी पाउन नसकेको कुरा आफु अनविज्ञ रहेको छु ।

सरकारी मापदण्ड अनुसार भुक्तानी पाउनुपर्छ : वद्री नारायण श्रेष्ठ/ वडा नंं ११ अध्यक्ष

नगरपालिकाको कार्यालय सरकारी मापदण्ड अनुसार भुक्तानी दिनुपर्नेमा जोड दिएका छन । जग्गा खरिद कानुनसम्बत भएकोले जग्गाको मुल्य रामऔतार महतोले सो जग्गाको भुक्तानी पाउनुपर्ने आफुहरुको माग रहेको छ । आफनो वडा कार्यालयबाट कुनै किसिमको कमी कमजोरी छैन । आफु २०७४ सालमा निर्वाचित भएलगतै सो जग्गाको भुक्तानीको लागि प्रक्रिया चालेको थियौ । प्राविधीक कारणवश अझ भुक्तानी हुन नसक्नु दुःखद रहेको छ ।

प्रतिक्रिया