धनवीर महतो
महोत्तरी / जिल्लामै पहिलोपटक ९ किमी दुरी कायम गरि मिनी म्याराथनको आयोजना गरिने भएको छ । रोट्रयाक्ट क्लब अफ बर्दिवास र रोटरी क्लब अफ बर्दिवासले विश्व पोलियो दिवसको अवसरमा वर्दिवासको गौतम होटलको अगाडि रहेको खुल्लाचौरमा सो प्रतियोगिताको आयोजना गरिने तयारी भएको छ ।
रोटरी क्लव अफ वर्दिवासका अध्यक्ष विष्णुराज पुरीले दिएको जानकारी अनुसार यसपटक ९ किमि दुरी तय गरि महोत्तरीको वर्दिवासबाट शुरुवात भएको म्याराथनको प्रतियोगिता क्रमिक रुपमा विस्तार गरिने छ । म्याराथनको लोकप्रियता बढाउनका लागि गाँउ गाँउसम्म यसको प्रचारप्रचार गरिने अध्यक्ष पुरीले बताए ।
प्रतिस्पर्धामा सहभागीका लागि निःशुल्क दर्ताको व्यवस्था गरिएको छ । यस प्रतियोगितामा प्रथम प्रथम हुनेलाई नगद १० हजार १ रुपैयाँ, स्वणर्पदक र प्रमाणपत्र दिईनेछ । त्यस्तै दोस्रोलाई नगद ७ हजार १ रुपैयाँ, काँस्यपदक र प्रमाणपत्र तथा तेस्रो हुनेलाई नगद ५ हजार १ रुपैयाँ, रजतपदक र प्रमाणपत्र दिईने अध्यक्ष पुरीले जानकारी दिए ।