Tuesday 14th of January 2025

गौशाला नगरपालिकाले गरे क्रिकेटर महतोलाई नगद १ लाख ५१ हजार रुपैयाँ सहित सम्मान

0 Shares

धनवीर महतो । महोत्तरी
महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई गौशाला नगरपालिकाको कार्यालयले सम्मान गरिएको छ । मंगलवार गौशाला नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमकावीच क्रिकेटर महतोलाई नगद १ लाख ५१ हजार रुपैयाँ, सम्मानपत्र र मायाको चिनो सहित सम्मान गरिएको हो ।

May be an image of 7 people, temple and text
नगरपालिकाको हरेक कार्यापालिका सदस्य र कर्मचारीहरुले महतोलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । एक गरिव परिवारकी छोरीले क्रिकेट खेलको माध्यमले नगरपालिकाको नाम विश्वमै चिनाउन सफल भएको भन्दै उनलाई सवैले प्रशंसा गरेका थिए ।

May be an image of 2 people and text
सोहीविच गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोले नगरस्तरीय क्रिकेट स्टेडियम बनाउनका लागि पालिका प्रक्रियागत रुपमा अगाडि बढिसकेको जानकारी गराएका छन् । जहाँबाट केही दिनमै क्रिकेट खेलाडी उत्पादन गरिने मेयर महतोले बताए ।


त्यस्तै आजै प्रदेश सरकारका खेलकुदमन्त्री प्रमोद जयसवाल खेलाडी पूजाको घरमा गई सम्मान गर्नुको साथै बधाई दिएका छन् । प्रदेश सरकार अव खेलकुद निती बनाईसकेकोले प्रदेशका जनसुकै हरेक खेलाडीहरुलाई कुनै किसिमको कठिनाई नहुने तर्क राखेका छन् । खेलकुदमन्त्री जयसवालसँग गरिएको कुराकानीको पुणर् अंंश भोलीको रुपान्तरण विमर्श कार्यक्रमका सुन्नसक्नुहुनेछ ।

प्रतिक्रिया