धनवीर महतो
गौशाला, महोत्तरी
गौशाला नगरको पश्चिमीक्षेत्र पछिल्लो समयमा आएर सुरक्षाको दृष्टिकोणले अस्तव्यस्त हुँदै गएकोप्रति वडाअध्यक्ष रामपृत महतो कोईरीले ध्यानाकर्षण गराएका छन् । गौशाला नगरपालिकामा आयोजित अन्र्तक्रियात्मक कार्यक्रमकाबीच नगरप्रवक्ता समेत रहेका वडाअध्यक्ष कोईरीले यसक्षेत्रमा क्रमिक रुपमा अशान्तिको घटना हुँदै आएकोले सो लाई ध्यानमा राख्दै गौशाला नगरपािलका वडा नं. ११ को ईमलीवजारमा प्रहरी विटको स्थापना अति आवश्यक रहेको धारणा राखेका छन् ।
उनले भने, यहाँ चोरी तस्करी, अपराधिक क्रियाकलाप वढदै गएको छ । ईलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकी कान्तिवजार भएतापनि विच भेगमा असुरक्षाको कारण जनताहरु त्रसित भएकोले पोष्ट राख्नुपर्ने जरुरी देखिएको छ । प्रहरी विट स्थापना भएपछि यहाँका आनागरिक सुरक्षित रहनेछ ।
पुरानो भरतपुर गाविसको कार्यालय सो प्रहरी विटको लागि उपलब्ध गराईने जानकारी दिदै वडाअध्यक्ष कोईरीले सोहीविच गौशाला नगरपालिकाका नगरप्रवक्ता एवम् वडा नं. ११ का वडाअध्यक्ष रामपृत महतो कोईरीले ईमली वजारमा सुरक्षाको दृष्टिकोणले प्रहरी विट स्थापना गर्नका लागि आग्रह गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले प्रहरी विट स्थापनाको लागि पहलकदमी गरिने धारणा राखेका थिए । नगरको मध्यभागमा पर्ने ईमली वजारमा प्रहरी विट स्थापनाका निम्ति उच्चस्तरीय छलफलमार्फत प्रक्रिया थाल्ने प्रमुख जिल्ला अधिकारी कवारीले जानकारी दिए ।
सो अनुगमनको टिममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक नकुल पोखरेल, सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक विनोद केसी लगायत रहेका थिए ।