Tuesday 21st of January 2025

महोत्तरी प्रहरीले गरे ६ अभियुक्तलाई सार्वजानिक

0 Shares

धनवीर महतो ।

जलेश्वर (महोत्तरी)
श्रृखलाबद्ध चोरी, डाँका तथा लुटपाट काण्डका ६ अभियुक्तलाई महोत्तरी प्रहरीले सार्वजनिक गरिएको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि उनीहरुलाई पक्राउ गरि सार्वजानिक गरिएको हो ।
पक्राउ पर्नेमा भारत, विहार सितामढी बेला थाना ग्राम पंचायत शिवनगर वडा नं. १ फुलहटा घर भई हाल महोत्तरीको गौशाला नगरपालिका वडा नं. २ निगौल स्थित घरमा भाडा लिई बस्ने वर्ष ३० को डाक्टर भन्ने प्रमोद कुमार साह, निजकी श्रीमती सन्जुदेवी साह, गौशाला नगरपालिका ९ का २८ बर्षिय ललन साह, गौशाला नगरपालिका ६ का २६ बर्षिय राकेशकुमार यादव, भारत, बिहारराज्य जिल्ला सितामढी घर भई हाल महोत्तरी गौशाला न.पा. वडा नं. ०५ गौशाला महलिया टोल स्थित घरमा भाडा लिई बस्दै आएका बर्ष ५२ को रन्धिर साह रहेको छ । त्यस्तै भारत विहार राज्य सितामढी जिल्ला वेला थाना विष्णुपुर पंचायत, विष्णुपुर गाउँका वर्ष २४ को गोलु भन्ने सुधिर भण्डारी माली रहेका छन् ।
उनीहरुलाई प्रहरीले विभिन्न मिति, समय र स्थानहरुमा जवरजस्ती घर भित्र प्रवेश गरी घर भित्रका मानिसहरुलाई मुख तथा आँखामा कपडाले बाँधी रड, हात हतियार देखाई डर त्रासमा पारी घर भित्रका नगद तथा गर-गहना चोरी डाँका (लुटपाट) गरी गएका आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


उनीहरुको समुहले २०८१ साउन २८ गते महोत्तरी औरही नगरपालिका वडा नं. ०६ स्थित संजय कुमार यादबको दुई तल्ले पक्की घरमा हातहतियार सहित आएका डाँका समुहले चोरी, डाँका तथा लुटपाट गरेको थियो । त्यस्तै २०८१ साल भदौ ५ गते गौशाला नगरपालिका वडा नं.२ निगौल स्थित पुनम देवीको घरमा अपरिचित सात/आठ जना मानिसहरुको समुहले घर भित्र प्रवेश गरी चोरी, डाँका गरेको थियो । प्रहरीका अनुसार उनीहरुको समुहले २०८१ भदौ २० गतेका दिन गौशाला नगरपालिका वडा नं.१० जलिल टोल बस्ने अपसना खातुनको घरमा हातहतियार सहित सात जनाको समुहमा आएका अपरिचित व्यक्तिहरु ढोका ढक/ढक्काई ढोका खोल भन्दा अपसना खातुन बिउँझी ढोका नखोली घर भित्रैवाट बाहिर हेर्दा नचिनेका मानिसहरु रहेकोले घर भित्रैवाट हो हल्ला गर्दा स्थानिय मानिसहरु आएको देखि डाँकाहरु भागेका थिए ।
सोहीदिन महोत्तरी गौशाला न.पा.वडा नं.१० बटौवा स्थित राम बालक राउत कुर्मीको घर आएका अपरिचित आठ जना मानिसहरुको समुहले चोरी गरेको थियो । सोही समुहले मिति २०८१ साल भदौ २१ गते गौशाला न.पा.वडा नं. ४ रजखोर टोल बस्ने शुशिला देवीको घरमा हातहतियार सहित अपरिचित ६ जना व्यक्तिहरु समुहमा गई घरको ढोका ढक ढक्काई फरार भएका थिए ।
उनीहरुको साथबाट प्रहरीले २ थान पेस्तोल, नलकटुवा वन्दुक १ थान, म्याग्जिनमा लोड भएको गोली ५ राउण्ड, १८ थान विभिन्न साईजका गोलीहरु र फलाम काट्ने २२ ईन्च लम्बाई भएको कैची कटर १ थान, फलामको रड १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


प्रहरीले पक्राउ गरिएका उनीहरूमाथि हातहतियार तथा खरखजना, चोरी तथा डाँका र संगठित अपराध मुद्दामा सुक्ष्म रुपमा अनुसन्धान भई रहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जयसवारले जानकारी दिएका छन् ।

प्रतिक्रिया