Tuesday 11th of February 2025

कोहली र अनुष्काले कोभिड-१९ राहत कोषका लागि दिए २ करोड

0 Shares

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माले भारतको कोभिड-१९ राहत कोषका लागि २ करोड भारू सहयोग गरेका छन्।अहिले भारतको अवस्था कठिन भएको बताउँदै राहत कोषका लागि सहयोग गरेको दुवैले भिडिओ पोस्ट गर्दै जनाएका छन्।

‘भारतको लागि महामारीको लडाईंका लागि परिस्थिति धेरै गाह्रो भएको छ। यसले हाम्रो देशलाई पीडा भएको देख्दा हामी पनि पीडामा छौं,’ श्रीमान्-श्रीमतीले आफ्नो सोसल मिडिया पोष्ट गरेको एउटा भिडिओमा भनेका छन्।
जो रातदिन हाम्रो लागि संघर्ष गर्दैछन्, तिनीहरूको समर्पणको प्रशंसा गर्छौं। अब उनीहरूलाई हाम्रो सहयोग चाहिएको छ र हामी उनीहरूको पक्षमा उभिनुपर्छ। हामीले केट्टोमा कोष जुटाउन सुरू गरेका छौं। हामी सबैलाई यस पहलमा सामेल हुन र अनुदान दिन आग्रह गर्दछौं।’

अभियानबाट ७ करोड भारू सहयोग उठाउने लक्ष्य लिइएको छ। यो अभियान शुक्रबारबाट सुरु गरिएको छ।

यसअघि कोहली आबद्ध आइपिएल टिम रोयल च्यालेन्जर्स बैंग्लोरले पनि स्वास्थ्य सामग्री सहयोग गर्ने बताएको थियो।

प्रतिक्रिया