
गौशाला / महोत्तरीको मटिहानीमा आगलगी हुँदा ६० हजार बराबरको क्षति भएको छ । शुक्रवार एकाविहानै मटिहानी नगरपालिका ७ मा फेकन पासवानको कच्चि गोठमा आगलगी हुँदा सो रकम बराबरको क्षति भएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार आगलगीबाट गोठ आशिंक रुपमा जलेको छ भने सो भित्र रहेको १ वटा गाई र १ वटा वाच्छीको जलेर घटनास्थलमै मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अन्सन्धान भईरहेको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताउनुभयो ।
२ सय लिटर डिजेल प्रहरीको नियन्त्रणमा
आजै महोत्तरी प्रहरीले नेपालबाट भारततर्फ डिजेल तस्करी गर्दै गरेको अवस्थामा ३ वटा साईकल नियन्त्रणमा लिएको छ । प्रदेश नंं २ प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी नैन्हीबाट खटिएको प्रहरीको संयुक्त गस्ती टोलीले सो साईकलमार्फत तस्करी गर्न लागेको २ सय लिटर डिजेल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
वरामद भएको डिजेल र साईकल उपर आवश्यक अनुसन्धान भईरहेको महोत्तरी प्रहरीले जनाएको छ ।
प्रतिक्रिया