धनुषामा जलाध खोला उत्खन्न गरेको भन्दै गाउँले द्वारा स्काइभेटर नियन्त्रण

जनकपुर । धनुषाको जलाध खोलामाा अवैधरुपान खोलामाा बालुवा गिट्टी उत्खन्न गरेको भन्दै गाउँले द्वारा स्काइभेटर नियन्त्रणमा लिएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ७ ÷ ८ को विचमा पर्ने जलाध नदीको किनारमा संचालित क्षीरेश्वर बालुवा गिट्टी प्रसोधन उद्योगको प्रदेश ३–०१–००१ क ५२१३ नम्बरको स्काइभेटर वडा नं. ८ दिगम्वरपुरका स्थानीयबासीहरुले कब्जामा लिएको हो ।

गाउँलेले स्काइभेटर कब्जामा लिए पछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरीहरुले स्काइभेटर फर्काउन दबाब दिएपछि स्थानिय र प्रहरी विच केही बेर घम्साघम्सी समेत भएको थियो ।

क्षिरेश्वरनाथ नगरपालिका वडा नंं. ८ का वडाअध्यक्ष अशेश्वर महतोको अनुसार खोलामा स्काइभेटर लगाएर जथाभावी उत्खन्न भइरहेको खवर पाउन साथ खोलामा पुगेको बताउँदै उनले भने गाउँलेहरुले क्रसर संचालक आएर उत्खनन रोक्ने प्रतिबद्धता जाहेर नगरे सम्म स्काइभेटर नफर्काउने सर्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार