Friday 12th of April 2024

जलेश्वर अस्पतालमा २३ जना कर्मचारी माग

0 Shares

गौशाला । महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा थप कर्मचारी माग गरिएको छ । अस्पतालले शुक्रबार सूचना जारी गर्दै २३ जना कर्मचारी माग गरेको हो ।

कोरोनाको महामारीसँगै वर्तमान अवस्थालाई मध्यनजर गर्दै कोभिड उपचारमा सहजताको लागि करार सेवामा विभिन्न पदमा २३ जना कर्मचारी माग गरेको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिष साहद्धारा जारी गरिएको सूचनामा कन्सल्टेन्ट जनरल प्राक्टीसनर अधिकृत नवौ तहमा १ जना, मेडिकल अधिकृत आठौ तहको ५ जना, स्टाफ नर्स ६ जना, हेल्थ असिस्टेन्ट ६ जना, एनेथेसिया टेक्नोलोजिष्ट २ जना, कम्यूटर अपरेटर १ जना र स्वीपर २ जना माग गरिएको छ ।

प्रतिक्रिया