मलंगबा अस्पतालमा दुई दिन देखि पीसीआर बन्द

सर्लाही । सर्लाही जिल्ला स्थित मलंगवा अस्पतालमा जडान गरिएको पीसीआर मेसिन लगातार बिजुली बत्ती अनियमित हुँदा दुई दिनदेखि चल्न सकेको छैन् ।

ल्याबमा वुधवार राती ९४ जनाको थ्रोट स्वाब जाँच गर्दा ४७ जनाको पोजिटिभ रिपोर्ट आएको थियो । तर त्यसपछि बिहिवार र सुक्रवार दिनभर छिनछिनमै बत्ती गइरहने समस्याले मेसिन चलाउनै नसकिएको जिल्ला मलंगवा अस्पतालका जनस्वास्थ्य निरीक्षक श्रीप्रसाद साहले बताए ।

उनले मेसिन रन नभए पनि शुक्रवार पनि ३० जनाको थ्रोट स्वाब अर्थात् (खकारको नमूना) संकलन भएको बताए । वुधवार र बिहिवार स्वाब पनि जाँच गर्नै बाँकी छ । अब शनिवार (आज) पनि सार्वजनिक बिदा परेकाले भोली आइतवार मात्रै रिपोर्ट आउन सक्ने जनस्वास्थ्य निरीक्षक साहले बताए ।

अस्पतालमा जेनेरेटर र अन्य वैकल्पिक उर्जाको व्यवस्था नहुँदा ल्याबमा खटिएका कर्मचारी समस्यामा परेका छन् । जिल्ला अस्पतालमा बैशाख १७ गते सुक्रवार ल्याब संचालन भएदेखि आजसम्म ३९० जनाको स्वाब संकलन भएको छ ।

त्यसमध्ये २४४ जनाको स्वाब जाँच गर्दा ८५ जनामा कोरोना संक्रमण पाइएको ल्याब टेक्निसियन रवीन्द्र रानाभाटले बताए । उनका अनुसार पीसीआर मेसिन चलाउन ९४ देखि ९६ जनाको थ्रोट स्वाब जम्मा हुनुपर्ने हुन्छ । -उज्यालो अभियान

प्रतिक्रिया

सम्बन्धित समाचार