कोरोनाबाट पत्रकार दिनेश दाहालको निधन


काठमाण्डाै । कोरोनाबाट सङ्क्रमित भएका नेपाल पत्रकार महासंघ काठमाण्डाै शाखाका सदस्य दिनेश दाहालको निधन भएको छ । गएको १ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि घरमै आइसोलेशनमा रहेका दाहाललाई श्वास फेर्न समस्या भएपछि १० गते ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।

१५ दिनदेखि उपचाररत दाहालको बिहान उपचारको क्रममा निधन भएको हो । विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा काम गर्नुभएको थियो । पत्रकार दाहाल पछिल्लो समय सिपोष्ट न्यूज डटकमका सम्पादक/प्रकाशकका रुपमा पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो ।

दाहालका श्रीमती, एक छोरा र एक छोरी छन् । कोरोनाकै कारण अहिलेसम्म ८ जना पत्रकारको निधन भएको छ भने ६ सय ५० भन्दा धेरै पत्रकार सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार