Thursday 7th of November 2024

नेपालमा हालसम्म ६२ जिल्लाहरुमा निषेधाज्ञा

0 Shares

गौशाला । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि देशका ६२ जिल्लाहरुमा निषेधाज्ञा जारी भएको छ ।

वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा ६२ जिल्लामा पुगेको छ । त्यसमध्ये ५० जिल्लामा पूर्ण र १२ जिल्लामा आंशिक आदेश जारी भएको छ । अब १५ जिल्ला मात्र खुला छन् ।

शनिबार साँझसम्म ६२ जिल्लामा निषेधको आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ । पछिल्लो पटक निषेधाज्ञा गरिएको जिल्लामा रौतहट र संखुवासभा थपिएका छन् ।

अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लंघन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

प्रतिक्रिया