0
Shares

वीरगन्ज । प्रदेश २ को वीरगन्जमा निषेधाज्ञाको मौका छापेर मेडिकल उपकरण (अक्सिमिटर)को कालोबजारी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१६ नगवा बस्ने ३२ वर्षीया रामहरि तिवारी छन् ।
प्रहरीका अनुसार तिवारीले आफ्नो पसलबाटै बढी मूल्य (खुद्रा मूल्य १ हजार ९०० को हाराहारीमा पर्ने अक्सीमिटरलाई ३ हजार ५०० देखि ४ हजार रुपैयाँसम्म) लिएर अक्सीमिटर बिक्री गर्ने गरेका थिए । स्थानीय उपभोक्ताले दिएको सूचनाको आधारमा पुगेको प्रहरीले तिवारीको पसलबाट १२ थान अक्सीमिटर समेत बरामद गरेको छ।
पक्राउ परेका तिवारीविरुद्ध कालोबजारीसम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी ओमप्रकाश खनालले जानकारी दिए।