महोत्तरीको गौशालाका अर्याल सहित चर्को भाडा असुल्ने ७ जना पक्राउ

काठमाडौं । ट्राफिक प्रहरीले यात्रुसँग तीनगुणा बढी भाडा लिने सात कर्मचारीलाई पक्राउ गरेको छ । उपत्यकामा निषेधाज्ञा जारी भएपश्चात् वैदेशिक रोजगारबाट आएका र अत्यावश्यक भई उपत्यका बाहिरका जिल्ला जानुपर्ने यात्रुहरुसँग टिकट बुकिङ काउण्टरकै कर्मचारीहरुले बढी भाडा असुल्ने गरेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ ।

प्रहरीले सावित्रा काउण्टर कलंकीमा कार्यरत महोत्तरीको गौशाला घर भई थानकोट बस्ने ५३ को मनु अर्याल र उनकै ३० वर्षीय छोरा अनु अर्याललाई पक्राउ गरेको जनाएको छ। त्यस्तै, नारायणी यातायात काउण्टरका टिकट बुकिङ कर्मचारी हेटौंडाका ३८ वर्षका नवराज घिमिरे, कुलेश्वर बस्ने ४४ वर्षका बिपिज सुवेदी र जय नेपाल सुपर डिलस्क का बुकिङ इन्चार्ज सुन्धारा काठमाडौंका ४९ वर्षका ज्ञानेन्द्र साह बढी भाडा लिएको कसुरमा पक्राउ गरेको छ ।

उनीहरुले धनुष, महोत्तरी र वीरगञ्ज जाने यात्रुहरु संकलत गरी प्रतिप्व्यत्ति २ हजार ५ सयदेखि ३ हजारसम्म भाडा लिने गरेको पाइएको जनाउँदै प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले यात्रुसँग लिएको भाडा तोकिएको भन्दा तीन गुणा बढी भएको बताए ।

यसैगरी प्रहरीले गोंगबु बसपार्कबाट रुकुम जाने यात्रुहरुसँग ६ हजारका दरले भाडा लिने रुकुम पश्चिम यातायात प्रा.लि.का कर्मचारी गणेश रावल र भागरीराम छिनाललाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार