काठमाडौं । भारतीय क्रिकेट कप्तान विराट कोहली र उनकी पत्नी बलिउड अभिनेत्री अनुष्का शर्माले २ करोड भारतीय रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका छन् । उनीहरूले कोरोना भाइरसको महामारीविरुद्ध लड्न उक्त सहयोगको घोषणा गरेका हुन् ।
साथै कोरोनाविरुद्ध लड्न उनीहरूले आर्थिक संकलन अभियान पनि थालेका छन् । कोहली दम्पतीले केट्टो प्लाटफर्मबाट युनाईटेड वे अफ बेन्ग्लुरुनामक एनजीओसँग मिलेर अभियान सुरु गरेका हुन् ।
यस अभियानबाट ७ करोड संकलन गर्ने लक्ष्य रहेको बताईएको छ । उक्त अभियानकै लागि कोहली दम्पतीले २ करोड दिने घोषणा गरेका हुन् । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर भयावह अवस्थामा पुगेको छ ।
प्रत्येक दिन त्या नयाँ संक्रमित सङ्ख्याले रेकर्ड राखिरहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार १९४ जनाको मृत्यु भएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी हो ।