Friday 19th of April 2024

चलचित्रमा काम गर्नेलाई बीमाको व्यवस्था आवश्यकः हरिवंश आचार्य

0 Shares

काठमाडौं / नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणको केही दिनदेखि राजधानीमा जारी रहेको छ । महोत्सवको दोस्रो दिन शुक्रबार नेपाली चलचित्रमा रोजगारको अवसर तथा सामाजिक रुपान्तरण विषयक अन्तरक्रिया भएको छ । जुम मार्फत गरिएको सो कार्यक्रममा नेपाली चलचित्र क्षेत्र विभिन्न व्यक्तिहरुले आफ्नो धारणा राखेका छन् ।

कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र क्षेत्रमा काम गर्नेलाई उचित बीमाको ब्यवस्था गर्नुपर्ने बताए । उनले चलचित्र मार्फत रोजगारी एवं सामाजिक रुपान्तरण गर्न मौलिक कथाहरूको श्रृजना गर्नु आवश्यक रहेको औँल्याए ।

कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले नेपालको चलचित्र क्षेत्रमा रोजगारीको श्रृजना कसरी गर्ने, जनशक्तिको विकास कसरी गर्ने लगायत विषयमा गहन अध्याय बिना सुरु भएको स्थापित हुन गाहो भएको बताए । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्रकर्मीलाई दक्ष बनाउन एवं विश्व बजारमा प्रतिस्पर्धा गर्न सिनेमा शिक्षालाई व्यवसायिक बनाउन जरुरी रहेको बताए ।

सासंद डा. बिन्दा पाण्डेले चलचित्र विकासका बाधहरु नियम, कानुन मार्फत छलफल गरेर हटाउन सुझाएकी छन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य .डा रामकुमार फुयाँल, बसुन्धारा भुषाल, सुरक्षा पन्त , सामाजिक सुरक्षा कोषका निर्देशक कमलमणि ज्ञवाली , बरिष्ठ अर्थशास्त्री डा. बिश्व पौडेल, पूर्व सचिव चन्द्र घिमिरे लगायतका व्यक्तिहरुले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया