Monday 13th of January 2025

महोत्तरीको बर्दिवासमा आगलागी हुँदा लाखौँको क्षति

0 Shares

महोत्तरी। महोत्तरीको बर्दिवास नगरपालिका–५ बेलडाँडामा विद्युत सर्ट भएको आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाका अनुसार शनिबार दिउँसो स्थानीय रामजी पौड्लेको घरमा आगलागी हुँदा लाखौका क्षति भएको हो ।

आगलागीबाट चार वटा बाख्रा–खसी, ६ तोला चाँदी, चार तोला सुन, ९२ हजार नगद सहित घर जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ ।

आगलागी स्थानीयबासी, सशस्त्र प्रहरी, बर्दिवासबाट गएको बारुण यन्त्रले नियन्त्रणमा लिइरहेको थियो ।

प्रतिक्रिया