बर्दिबास बन्दै कोरोना ‘हटस्पट’

गौशाला । महोत्तरीको बर्दिबास कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बन्न थालेको छ ।

शनिबार बर्दिबास अस्पतालमा ६३ जनाको पिसिआर जाँच गर्दा ५० जनामा कोरोना संक्रमण देखिएको बर्दिबास नगरपालिकाका स्वास्थ्य शाखा सह –संयोजक रामबाबु यादवले जनाएको छ ।

संक्रमित मध्ये बर्दिबासका अधिकांस मानिस रहेको स्वास्थ्य शाखा सह –संयोजक यादवले जनाए ।

बर्दिबास अस्पतालमा स्वाब संकलन गरेर प्रादेशिक ल्याब जनकपुरधाममा गरिएको पिसिआर परिक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार