Saturday 12th of October 2024

प्रदेश २ सरकार संक्रमितलाई खाना खुवाउन नसक्ने

0 Shares

जनकपुरधाम । कोरोना महामारीले नागरिक संकटमा रहेको बेला संक्रमित बिरामीलाई प्रदेश २ सरकार खाना समेत खुवाउन नसक्ने अवस्थामा पुगेको छ ।

प्रदेश सरकारकै मातहतमा रहेको प्रदेशकै ठूलो अस्पताल प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत संक्रमितलाई खाना अभाव भएको छ ।

त्यसैले प्रादेशिक अस्पताल जनकपुरले समाजिक संघसंस्था तथा दातासंग संक्रमित बिरामीका लागि खाना व्यवस्था गरिदिन गुहार लगाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले एक पत्र पत्र पठाउँदै मारबाडी युवा मञ्चसंग संक्रमितलाई खानाको व्यवस्था गरिदिन अाग्रह गरेका छन् ।

सो पत्र अहिले समाजिक सञ्जालमा भइरल भइरहेको छ । प्रादेशिक अस्पताल प्रदेश २ को समाजिक विकास मन्त्रालय अन्तर्गत पर्छ ।

उक्त पत्र राखेर समाजि सञ्जालमा प्रदेश २ सरकार, समाजिक विकासमन्त्रालय, समाजिक विकासमन्त्री नवल किशोर साह लगायतको व्यापक अालोचना भइरहेको छ । कतिपयले प्रदेश सरकार काम नलाग्ने अवस्थामा पुगेकाले राजिनामा समेत माग गरिरहेका छन् ।

प्रादेशिक अस्पतालमै प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान समेत स्थापना गरेको छ ।

प्रतिक्रिया