प्रदेश २ आमसञ्चार र संचारकर्मीको स्तरोन्नतीका लागी सधै अगाडी रहर्ने ः अध्यक्ष यादव

राम नारायण यादव, सप्तरी । प्रदेश २ आमसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष श्यामसुन्दर यादवले संचारकर्मी र आमसञ्चार माध्यमको स्तरोन्नतीका लागी आफू सधै अगाडी बढेर काम गर्ने बताएका छन् । उनले भने केहि दिन भित्रै प्रदेश २ का आमसञ्चार माध्यमको अवस्थाको बारेमा ८ वटै जिल्लामा छलफल गरी स्तरन्नोतीका लागि काम अगाडि बढाउने बताए ।

नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभा हलमा आइतबार पत्रकार सम्मेलन गरी अध्यक्ष यादवले मधेशका पत्रकारको पीडा बुझेकाले त्यसलाई न्युनीकरण गर्न सक्दो प्रयास गर्ने बताए । ‘प्रदेशमा पहिलो पटक मैले आमसञ्चार प्राधिकरणको जिम्मेवारी पाएको छु । काम धेरै गर्नु छ र चुनौती पनि उत्तिकै रहेको छ, यसलाई अवसरको रुपमा लिएर काम अगाडी बढाउने छु ।’ उनले भने । आउँदो आर्थिक बर्षमा एफ।एम। रेडियो सञ्चालनका लागि काम अगाडी बढाउने समेन जानकारी दिए ।

सोही पत्रकार सम्मेलनमा प्रदेश २ का मिडिया काउन्सिलका नवनियुक्त अध्यक्ष शिवहरी प्रसाद भट्टराईले प्रदेश भित्रको मिडियामा देखिएका समस्याहरुलाई समाधान गर्ने गरी काम काम गर्ने बताए ।

सोही पत्रकार सम्मेलनमा पत्रकार महासंघका पुर्व अध्यक्षद्वय मुरली प्रसाद यादव, धीरेन्द्र प्रसाद साह, वरिष्ट पत्रकार अनिल अनल, विनय कुमार लाल कर्ण, सुधा देव, बैद्यनाथ यादव सहितकाले आमसञ्चार प्राधिकरण तथा मिडिया काउन्सिलले निर्वाह गर्न सकिने भूमिका बारे सुझाव दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार