प्रिमियर लिग : शीर्ष स्थानको सिटी चेल्सीसँग पराजित

इङ्ग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिक रहेको म्यानचेस्टर सिटी घरेलु मैदानमा चेल्सीसँग पराजित भएको छ । लिगको शीर्ष स्थानमा रहेको सिटी तेस्रो स्थानको चेल्सीसँग आफ्नै घरमा पराजित भएको हो ।

गएराति भएको खेलमा चेल्सीले सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । सिटीले घरेलु मैदानमा लिएको अग्रता उल्टाउँदै चेल्सीले जित निकालेको हो । चेल्सीका लागि हाकिम जिएच र मार्कोस अलोन्सोले एक एक गोल गरे ।

रोमाञ्चक खेलको ४४औँ मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै घरेलु टोली सिटीलाई अग्रता दिलाएका थिए । तर, अग्रता जोगाउन नसक्दा दोस्रो हाफमा २ गोल खाँदै सिटी पराजित बन्न पुग्यो ।

जितसँगै चेल्सीले ३५ खेलबाट ६४ अंक जोडेको छ । चेल्सी अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । हारसँगै सिटीलाई भने उपाधि जित्न अर्को खेल कुर्नुपर्ने भएको छ ।

उपाधि नजिक रहेको सिटी ८० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । सिटीलाई उपाधि जित्न मात्र एक जितको आवश्यकता रहेको छ ।

प्रतिक्रिया