धनुषामा फेरि जेसिबी चोरी

ढल्केबर । धनुषामा फेरि एउटा जेसिबि चोरी भएको छ । ढल्केवरको पश्चिमचौकबाट आयूष निर्माण सेवाको अनटेस्ट जेसिबी चोरी भएको हो ।

ढल्केवरस्थित आयूष निर्माण सेवाको आफ्नै कार्यालय अगाडि पार्किङ्ग गरिराखेको अवस्थामा शनिबार राति अन्दाजी १ बजे जेसिबी चोरी भएको सञ्चालक महेन्द्र महतोले जानकारी दिएका छन् । चोरीको घटना थापा पाए लगतै इलाका प्रहरी कार्यालय ढल्केवरलाई जानकारी गराएको सञ्चालक महतोले बताए ।

चोरी भएको जेसिबी यही बैशाख ५ गते जनकपुरधामस्थित एक शोरुमबाट ४६ लाखमा खरिद गरि ल्याइएको थियो । यता जेसिबी चोरी भएको जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालय धनुषाको सहयोगमा खोजतलासमा जुटेको इलाका प्रहरी कार्यालय ढल्केवर प्रहरी निरिक्षक प्रदिप सुवेदीले जानकारी गराएका छन् ।

प्रतिक्रिया