सर्लाहीमा वडाअध्यक्षले रक्सी खाएर मोटरसाईकल चलाउदा एक बालकको मृत्यु

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ३ भगवतीपुरमा वडाध्यक्षको मोटरसाईकल ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यू भएको हो ।

वडा नम्बर १३ का वडाध्यक्ष जय नारायण रायले रक्सी खाएर मोटरसाईकल चलाएपछि सो दुर्घटना भएको पिडित बताइएको छ । स्थानीय दिनेश महतोको ८ बर्षिय छोरा रोहित महतो (कुशवाहा) को घटनास्थलमै मृत्यू भएको हो ।

यता, जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, ठक्कर दिएर बालकको मृत्यू भएपछि वडाध्यक्ष राय हिजैदेखि फरार भएका छन् ।उनको खोजी कार्य तीव्र रुपमा चलिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया