प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीमा निषेधाज्ञा अवज्ञा गर्ने १ सय ९७ सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले लकडाउन अवज्ञा गरेको भन्दै बस, म्याजिक, कार, टेम्पो, ट्याक्टर र मोटरसाइकल गरी १ सय ९७ सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कोरोना संक्रमण नियन्त्रणको लागी सर्लाही जिल्लाभर लागु हुनेगरी जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको २४ गते बसेको बैठकको निर्णयानुसार शनिवार राती १२ः०० बजे देखि ३१ गते राती १२ः०० बजे सम्म निषेधाज्ञा जारी गरेको थियो ।
आइतवार १० बजे सम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतमा रहेको अन्य कार्यालय समेतमा चेक जांच गर्ने क्रममा निषेधाज्ञा उलङ्घन गरी चलाउने बस,म्याजिक, कार, टेम्पो एक एक वटा तथा ट्याक्टर ३ वटा र मोटरसाइकल १९० वटा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सर्लाहीमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या दिनानुदिन बढदै गएपछि कोरोना भाइरसको संक्रमण न्युकरण गर्न लकडाउन लगाएको हो । यसैगरीसर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस कोभिड– १९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या पनि एक्कासी बढेको छ ।
बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने ,जीउढाड दुख्ने, टाउको दुख्ने र छाती दुख्ने जस्तो कोरोना भाइरससगँ मिल्दोजुल्दो लक्षण देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।