Tuesday 21st of January 2025

महोत्तरीमा कोरोना संक्रमणको कारण थप २ जनाको मृत्यु, प्रदेश २ मा थप ४२९ जनामा संक्रमण पुष्टि ।।

0 Shares

गौशाला । महोत्तरीमा कोरोना संक्रमणको कारण आईतबार थप २ जनाको मृत्यु भएको छ । आज विहान प्राप्त रिपोर्ट अनुसार कोरोना संक्रमणका कारण ज्यान जानेमा गौशाला नगरपालिका ५ का एक ४० बर्षिया महिला र मटिहानी नगरपालिका ४ का ८० बर्षिय पुरुष रहेको छ ।

त्यस्तै आज विहान प्राप्त तथ्यांक अनुसार जिल्लाभरिमा नयाँ संक्रमितको संख्या १३१, पुरानो संक्रमित ५८५ गरि जम्मा ७१६ जना रहेको छ । जसमध्ये निको हुनेको संख्या १५ रहेको स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड फोकल पर्सन प्रतीभा सिंहले बताउनुभयो ।

त्यस्तै कोरोना संक्रमणका कारण जिल्लामा मृत्यु हुनेको संख्या १२ रहेको फोकल पर्सन सिंहले जानकारी दिनुभयो ।यता प्रदेश २ मा पछिल्लो २४ घण्टाको अवधिमा थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी धनुषामा १३० र महोत्तरीमा ८५ जनामा कोरोना पुष्टि भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै रौतहटमा ५० जना, बारा २४, पर्सा ६७ जना, सप्तरी २८, सर्लाही १२ जा र सिरहामा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ५ हजार ३१९ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया