प्रदेश २ मा ७० किलो ४८० ग्राम गाजा बरामद

वीरगञ्ज । प्रदेश २ को पर्सा जिल्लामा ७० किलो ४८० ग्राम गाजा बरामद भएको छ । बहुदरमाई नगरपालिका– ९ विश्रामपुरका ४५ वर्षीय सोती कलवारले आफ्नै घरबाट लागुऔषध गाजाको कारोबार गर्नेगरेको भन्ने प्रहरीले सूचना पाए पछि प्रहरीले आइतबार दिउँसो साढे ३ बजे गाजा बरामद गरेको हो ।

उनले आफ्नै घरबाट लागुऔषध गाजाको कारोबार गर्नेगरेको भन्ने प्रहरीले सूचना पाएको थियो ।

सोही सूचना पाएपछि खटिएको टोलीले सोती कलवारको घरमा छानविन गरेको थियो। उनी त्यत्तिबेलासम्म मोटरसाइकल चढेर फरार भइसकेका थिए ।

उनी सुत्ने कोठाबाट ७० किलो ४८० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले सोतीको खोजी गरिरहेको छ ।

प्रतिक्रिया