0
Shares
जनकपुर । जनकपुरमा अक्सिमिटर कालोबजारी गरेको आरोपमा एक जना औषधी पसल सञ्चालकलाई पक्राउ परेका छन् ।
धनुषा प्रहरीले जनकपुरमा संचालित बिनिता सर्जिकल स्टोरका संचालक भुप नारायण साहलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषा अनुसार साहलाई स्टोरबाट पक्राउ गरिएको हो । साहले १२ सय रुपैयाँमा पाइने अक्सिमिटर ३ हजार भन्दा बढी मूल्यमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ ।
साहको पसलबाट प्रहरीले २८ थान अक्सिमिटर बरामद गरेको छ । साहलाई कालोबजारी ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइने खनालले बताए।