निषेधाज्ञाको धजिया उडाउदै महोत्तरीको गौशाला बजार

गौशाला महोत्तरीको गौशालामा कोरोना संक्रमणको कारण दुई जनाको मृत्यु भएतापनि गौशालावासी अझ सर्तकर्ता अपनाएका छैनन ।

यहाँका वजारहरुमा निर्वाध रुपमा सेवाग्राहीहरु कारोबार गर्दै आएका छन भने विना कारण मानिसहरु ओहोर दोहोर गर्दै आएको छ । अधिकांशको मुख मास्कले छोपिएको छैनन भने सर्वसधारणहरु जिल्ला प्रशासन कार्यालय महोत्तरीले जारी गरेको निषेधाज्ञाको उलंघन गरेको पाईएको छ ।

खासगरि गौशाला वजारक्षेत्रमा यसरी निषेधाज्ञाको उल्लंघन भएको पाईएको छ । सोमबार लागेको गौशाला बजारमा अधिकांश पसलहरु खुल्ला रहेका थिए । ईलाका प्रहरी कार्यालय गौशालाले खाद्यान्न पसल र तरकारी पसल विक्री गर्नका लागि समय विहान १० बजेको लागि तोकिएतापनि प्रायः दिनभरि नै सो वजारहरु खुल्लै रहेका थिए । कृषि विकास बैकको प्रवेशद्धारमा नियम विपरीत सेवाग्राहीहरु प्रवेश गरेको थियो ।

No description available.

प्रवेशद्धारको अगाडि अत्याधिक मात्रामा भिडभाड देखिएको थियो । गेटमा रहेको सेक्युरिटी गार्डले सेनेटाईटर र मास्क लगाएर भित्र प्रवेश गर्ने अनुमति दिएतापनि वाहिर रहेको भिडलाई नियन्त्रणको लागि कुनै किसिमको प्रयास गरेको थिएन । प्रहरी निरीक्षक विष्णुप्रदीप वस्यालका अनुसार प्रहरी परिचालन गरि वजारलाई व्यवस्थित गर्ने गरेको प्रयास असफल भएको थियो ।

प्रहरीले नियम विपरीत सवारीसाधन चलाएको भन्दै ४५ वटा मोटरसाईकललाई नियन्त्रण लिएको प्रहरी निरीक्षक वस्यालले जानकारी दिनुभयो । पक्राउ परेको सवारीसधानलाई कारवाही स्वरुप जरिवना तिराएर छाडने ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।प्रहरीले वजार व्यवस्थापनका निम्ति वजार क्षेत्रमा टोली परिचालन गरिएतापनि त्यसको प्रभाव कम मात्रामा परेको थियो ।

No description available. वजारक्षेत्रभन्दा वाहिर मरहा पुलको छेउमा खोलामा लगाएको माछा वजारबाट व्यवसायीसँग वजार ठेकेदारले विना रसिदको बटटी रकम असुल गर्दै आएको पाईएको छ ।

वजार ठेकेदार स्वयम उपस्थित भई रसिद पछि दिने शर्तमा व्यवसायीसँग रकम असुल्दै आएको हाम्रा सहकर्मी मंजित कुमारले बताएका छन । यस अघि मरहापुलको दक्षिणतर्फ रहेको आपको वगैचामा मवेशी वजार लगाएका थिए । ठेकेदारले सो क्षेत्रबाट पनि वटटी रकम असुलेको पाईएको छ ।

No description available.

यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले प्रहरी प्रशासनले लगाएको नियमको उल्लंघन गरेर व्यापारी र उपभोक्ताले निषेधाज्ञाको उल्लंघन गर्दै आएको प्रतिक्रिया दिनुभएको छ ।

कोरोना संक्रमणको संख्यामा बृद्धि भएपछि जिल्ला प्रशासन कार्यालयले समयमै निषेधाज्ञा लागु गर्दै सर्वसधारणलाई बचाउनका लागि प्रयास गरेका हुन तर सर्वसधारणले सो को पालना नगरेको प्रमुख जिल्ला अधिकारी भटटराईले प्रतिक्रिया दिनुभएको छ ।

जिल्लाभरिमा सर्वसधारणलाई यस्तो महामारीको समयमा स्वयम सचेत भई रहनका लागि आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार