Sunday 9th of February 2025

सरकार माथिको विश्वासको प्रस्ताव संसदबाट अस्वीकृत

0 Shares

गोरखापत्र अनलाइन
कfठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति संसदको विश्वासको मत लिन प्रतिनिधिसभामा प्रस्तुत गर्नु भएको प्रस्तावकाे पक्षमा ९३ परेको र विपक्षमा १२४ मत परेका बहुमतले अस्वीकृत भएको छ ।

आजको मतदानमा २३२ जना सहभागी हुनुहुन्थ्याे । मतदानमा बहुमतले प्रस्ताव अस्वीकृत भएकाे सभामुख अग्नि सापकाेटाले घाेषणा गर्नु भएकाे हाे । कोरोना संक्रमित सांसदहरुलाइ भने बेग्लै स्थानमा मतदानको व्यबस्था मिलाइएको थियो ।

सरकार माथिको  विश्वासको प्रस्ताव संसदबाट अस्वीकृतकुल सांसद संख्या २७५ रहेकामा मतदानमा उपस्थित संख्या २३२, पक्षमा ९३, विपक्षमा १२४, तटस्थ सांसद १५ रहनुभएकाे छ । मतदानमा एमाले कै २८ सांसद अनुपस्थित रहनु भएकाे थियाे ।

यस अघि संसदमा बोल्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीमा जनताको जीवन रक्षा पहिलो प्राथमिकता रहेको बताउनुभएको थियो । उहाँले यस्तो विषम परिस्थितीमा कोभिडविरुद्धको औषधि लगायत उपचारका सामाग्रीहरुमा भएको भ्रष्टाचारको काम क्षम्य नहुने बताउनुभएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र सरकारमाथि हिल्लो छ्याप्ने कार्य भएको बताउनुभएको बताउँदै उहाँले कोभिडविरुद्धको लडाइमा रहेको केला प्रधानमन्त्री र सरकारमाथि हिल्लो छ्याप्ने कार्य भएको बताउनुभएको थियो । ‘मलाई अच्चम लाग्छ, हामी कोभिडविरुद्धको लडाइमा छौं । तर, कतिपय पक्षमा र कर्नरमा प्रधानमन्त्री र सरकारमाथि हिल्लो छ्याप्ने, कोभिडविरुद्धको औषधि खरिदमा भएका भ्रष्टाचारको नाममा कुरा उछाल्ने, हुँदै नभएका कनेक्सन अनुचित ढंगले खेदाउने खालका क्रियाकलाप भएको छ,’ प्रधानमन्त्रीले भन्नुभएको थियो ।

प्रतिक्रिया