Tuesday 28th of May 2024

ईलाका प्रहरी कार्यालय गौशालालाई स्वास्थ्य सामग्री प्रदान ।।

0 Shares

गौशाला । गौशालास्थित ग्लोवल आईएमई लघुवित सहकारी संस्था लिमिटेडले ईलाका प्रहरी कार्यालय गौशालालाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

सोमबार ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदीप वस्याललाई २ सय पिस मास्क, अढाई लिटर सेनिटाईटर, ६ पिस सानो सेनिटाईजर प्रदान गरेको हो ।

कोरोना महामारीको समयमा प्रहरीले जनतालाई सेवा प्रदान गर्नका लागि स्वास्थ्य सामग्री वितरण गरेको सहकारी संस्थाका प्रवन्धक राजन कुमार कुशवाहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया