Thursday 6th of February 2025

वर्दिवासमा भोली देखि अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द

0 Shares

महोत्तरी । महोत्तरीको वर्दिवास नगरपालिकाले भोली मंगलवार देखि अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्ने निणर्य गरेको छ ।

नगरपालिकाले आज एक सुचना जारी गर्दै भोली मंगलवार २८ गते देखि ३१ गते सम्मको लागि नगरपालिकाबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरिने जनाएको छ ।

यस अवधिमा भने स्वास्थ्य सम्बन्धी सेवा, दमकल, एम्बुलेन्स, फोहोरमैला, नगर प्रहरी र सुकुम्बासी समस्या समाधान आयोग सम्बन्धी लगत प्रविष्ट एवं नापजाँच सम्बन्धी कार्यहरु भने सुचारु नै रह्ने प्रमुख प्रशासकीय अधिकृत रेवती प्रसाद पराजुलीले जनाएको छ ।

विश्वव्यापी रुपमा नयाँ भेरियन्ट सहितको कोरोना भाईरस फैलिदै गएपछि महोत्तरी जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको वैशाख १९ गते निणर्यले गत २१ गते मध्यरात देखि ३१ गते सम्म जिल्ला भरि निषेधाज्ञा जारी गरेको छ । यस निषेधाज्ञाको अवधिमा समेत वर्दिवास नगर क्षेत्र भित्र कोरोना संक्रमितको संख्यामा वृद्धि भईरहेको हुँदा रोकथाम र नियन्त्रणको लागि नगरपालिका सेवा बन्द गर्ने गरिएको नगरप्रमुख विदुर कार्कीले जनाएको छ ।

प्रतिक्रिया