0
Shares
गौशाला । प्रदेश २ मा सोमबार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थय निर्देशनालयले जनाए अनुसार सबभन्दा बढी धनुषाका १३७ र सप्तरीका ११९ जना संक्रमित भएका छन् ।
यस्तै सप्तरीका ११९ जना, पर्साका ११८ जना, महोत्तरीका ७८ जना, सिरहा ४८ जना, रौतहटका ४२ जना, बाराका २४ जना र सर्लाहरीका ७ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका बरिष्ट चिकित्सक डा। कमलेश प्रसाद यादवले जानकारी दिए ।
संक्रमित भेटिने मध्ये ३७४ जना पुरुष र १९९ जना महिला छन् ।