
बिबेक कुमार महतो, गौशाला । महोत्तरीमा सोमबार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थय निर्देशनालयले जनाए अनुसार सबभन्दा बढी बर्दिबास नगरपालिकाका ३१ जना र गौशालाका १२ जना संक्रमित भएका छन् ।
यस्तै औरही नगरपालिकाका १ जना, बलवा नगरपालिका २ जना, जलेश्वर नगरपालिकाका २ जना, लोहरपट्टी नगरपालिकाका १ जना, भंगहा नगरपालिकाका ५ जना, एकडारा गाँउपालिकाका ३ जना, महोत्तरी गाउँपालिकाका ६ जना, मनरा सिसवा नगरपालिकाका २ जना, मटिहानी नगरपालिकाका २ जना, पिपरा गाउँपालिकाका ८ जना, सम्सी गाँउपालिकाका २ जना, रामगोपालपुर नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका बरिष्ट चिकित्सक डा. कमलेश प्रसाद यादवले रुपान्तरण अनलाईनलाई जानकारी दिए ।
संक्रमित भेटिने मध्ये ५२ जना पुरुष र २६ जना महिला छन् ।
प्रतिक्रिया