सप्तरीमा ट्रकको ठक्करबाट दम्पतिको मृत्यु

सप्तरी । सप्तरीमा ट्रकको ठक्करबाट साइकलमा सवार पति–पत्नीको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हुनमाननगर कंकालिनी नगरपालिका–१ स्थित सडक खण्डमा

मंगलबार बिहान ना. ६ ख ३८६१ नम्बरको मालबाहक ट्रकले ठक्कर दिँदा सप्तरीको भारदह भलुवा निवासी ५० वर्षीय सत्यनारायण मण्डल र उनकी ४५ वर्षीया पत्नी सुनिता देवी मण्डलको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक नरेश सिंहका अनुसार ट्रकको ठक्करबाट मण्डल दम्पतिको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक दम्पतिको शवलाई परीक्षणका लागि गजेन्द्रनारायण सिंह असपताल राजविराज पठाउने तयारी भइरहेको र ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार