सत्ताको चाबी महन्तको हातमा

सत्ताको चाबी महन्तको हातमा । सरकार परिवर्तनको खेलमा फेरी महन्त ठाकुर निर्णायक बनेका छन् । सांसदको अङ्क गणितमा महन्त लाई जता थप्यो उतै बलियो हुने स्थिति बनेको छ। महन्तले फेरी पनि तटस्थ बस्ने भनेर केपी ओलीलाई नै सरकार चलाइरहने अवस्था बनाइदिएका छन् ।

यता नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया प्रारम्भ गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि तीन दलका नेताले संविधान अनुसार प्रधानमन्त्री नियुक्त गर्ने अर्को प्रक्रियामा आग्रह गरेका हुन् ।

उता मध्यरातमा एक वक्तव्य जारी गर्दै ठाकुरले जसपा सरकार परिवर्तनको खेलमा नलाग्ने जनाएका छन् । आफ्ना मागहरू केपी ओलीको सरकारले नै पुरा गरेको हुनाले उनलाई विश्वासको मत नदिए पनि विकल्प खोज्ने कर्यमा सहभागी भने नहुने उनले स्पष्ट गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार