
गौशाला । महोत्तरीको बलबा नगरपालिकाले ९भोली० बुधबार देखि अत्यवश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्ने निणर्य गरेको छ ।
नगरपालिकाले आज एक सुचना जारी गर्दै भोली बुधबार (२०७८/०१/२९) गते देखि (२०७८/०२/०४) गते सम्मको लागि नगरपालिकाबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरिने जनाएको छ ।
यस अवधिमा भने स्वास्थ्य सम्बन्धी सेवा र फोहोरमैला व्यवस्थान सम्बन्धी कार्यहरु भने सुचारु नै रह्ने प्रमुख प्रशासकीय अधिकृत रमेश अधिकारीले जनाएको छ ।
विश्वव्यापी रुपमा नयाँ भेरियन्ट सहितको कोरोना भाईरस फैलिदै गएपछि महोत्तरी जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको वैशाख १९ गते निणर्यले गत २१ गते मध्यरात देखि ३१ गते सम्म जिल्ला भरि निषेधाज्ञा जारी गरेको छ ।
यस निषेधाज्ञाको अवधिमा समेत बलबा नगर क्षेत्र भित्र कोरोना संक्रमितको संख्यामा वृद्धि भईरहेको हुँदा रोकथाम र नियन्त्रणको लागि नगरपालिका सेवा बन्द गर्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जनाएको छ ।
प्रतिक्रिया