महोत्तरीमा लागुऔषध सहित २ जना पक्राउ ।।

गौशाला/ महोत्तरी प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।
सम्सीबाट वर्दिवासतर्फ आईरहेको समयमा औरही नगरपालिका ४ कठुधारबाट प्रहरीले गौशाला नगरपालिका ५ का २९ बर्षिय अक्षयकुमार अर्याल र धादिंग धुनिवेसि नगरपालिका ७ का ३२ बर्षिय सरोज पाण्डेलाई लागुऔषध सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

वा ६७ प ४७६६ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरुको साथबाट डाईजोपाम ४४ पिस, नुरफिन ४४ पिस र फेनारगन ४३ पिस वरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
पक्राउ परेकोलाई जिल्ला अदालत महोत्तरीबाट १० दिनको म्याद थप लिई अनुसन्धान गरिरहेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।
२ लाख मुल्य बराबरको कपडा बरामद
त्यस्तै प्रहरीले २ लाख मुल्य बराबरको रेडिमेड कपडा नियन्त्रणमा लिएको छ । भारतबाट नेपालतर्फ ल्याईरहेको समया प्रहरीले महोत्तरीको सम्सी गाँउपालिका ४ गैडाभेटपुरबाट सो परिमाणको रेडिमेट कपडाहरु नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको सामग्रीको सम्बन्धमा आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय मलिवार पठाउने प्रक्रिया भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार