प्रदेश २ मा मंगलबार थप ५७६ जनामा कोरोना पुष्टि

गौशाला । प्रदेश २ मा मंगलबार ५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थय निर्देशनालयले जनाए अनुसार सबभन्दा बढी धनुषाका १६४ र पर्साका ११४ जना संक्रमित भएका छन् ।

यस्तै महोत्तरीका १००, सिरहाका १ जना, सप्तरीका ४५ जना, रौतहटका ५१ जना, सर्लाहीका ११ जना, बाराका ९० जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका बरिष्ट चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए ।

संक्रमित भेटिने मध्ये ३८४ जना पुरुष र १९२ जना महिला छन् ।

प्रतिक्रिया