0
Shares
गौशाला । महोत्तरीमा मंगलबार १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थय निर्देशनालयले जनाए अनुसार सबभन्दा बढी बर्दिबास नगरपालिकाका ५५ जना र मनरा सिसवा नगरपालिकाका १० जना संक्रमित भएका छन् ।
यस्तै गौशाला नगरपालिकाका २ जना, औरही नगरपालिकाका १ जना, बलवा नगरपालिका १ जना, जलेश्वर नगरपालिकाका ९ जना, लोहरपट्टी नगरपालिकाका ५ जना, भंगहा नगरपालिकाका २ जना, मटिहानी नगरपालिकाका १ जना, पिपरा गाउँपालिकाका ४ जना, सम्सी गाँउपालिकाका १ जना, रामगोपालपुर नगरपालिकाका ३ जना, लक्ष्मीनिया १ जना, निगौल १ जना, तुलसी २ जना, सरपल्लो १ जना, डाम्ही मरई १ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका बरिष्ट चिकित्सक डा. कमलेश प्रसाद यादवले रुपान्तरण अनलाईनलाई जानकारी दिए ।
संक्रमित भेटिने मध्ये ५४ जना पुरुष र ४६ जना महिला छन् ।