चोरीको मोटरसाइकल सहित एक युवक पक्राउ

वीरगंज । पर्साको वीरगंजबाट चोरीको मोटरसाइकल सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका– ३१ भेडैयाखोलाको पुलबाट सवारी चेकजांचको क्रममा चोरीको मोटरसाइकल सहित बहुदरमाई नगरपालिका–४ बस्ने २३ वर्षिय नसिर अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरपालिका ३१ वेल्वा बस्ने सुरेन्द्र यादवको ना.१९ प ४०२२ नम्बरको सेतो कालो रंगको सुपर स्पलेण्डर मोटरसाइकल घरबाट अन्सारीले चोरेर लगिरहेको क्रममा मिलनचोक प्रहरी चौकीबाट खटिएको टोलीले सवारी चेकजांचको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जनाएको छ ।

निज अन्सारीलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रवक्ता खनालले जानकारी दिएका छन ।

प्रतिक्रिया