पूर्वराजा ज्ञानेन्द्र कोरोनामुक्त

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन् ।

भारतको कुम्भ मेलामा सहभागी भएर आएका शाहलाई कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण भएपछि १८ दिनअघि उनी नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थिए । अस्पतालमा उपचाररत शाह आज संक्रमणमुक्त भई डिस्चार्ज भएका अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले जनाए ।

यस्तै, उनीसंगै पूर्वरानी कोमल शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि संक्रमित भएकी थिइन् । संक्रमित कोमल शाहलाई केहि दिन अघि प्लाज्मा थेरापी विधिबाट उपचार भएको थियो ।

प्रवक्ता सोमनाथ बास्तोलाका अनुसार कोमल साहको स्वास्थ्यमा सुधार देखिएको छ, पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि कोरोना संक्रमण जितेकी छन् ।

प्रतिक्रिया