रौतहट । रौतहटमा कोरोना महामारीको बर्तमाण समयलाई मध्यनजर गर्दै मुस्लिम समुदायको महान पर्व इदुल फित्र (ईद) स्वास्थ्य मापदण्डको परिपालना गर्दे मनाउने निर्णय गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा मुस्लिम समुदायको धर्म गुरु÷अगुवाहरु बीचमा भएको समन्वय बैंठकले स्वास्थ्य मापदण्डको परिपालना गर्दे इदुल फित्र (ईद) मनाउन निर्णय गरेको हो ।
बैंठकमा बढिरहेको कोरोना संक्रमणलाई मध्यनजर गर्दै इदुल फित्र (ईद) मनाउने क्रममा पढिने नवाज मस्जिद, मदरसा, इदगाहा, मोख्तवमा बाहिरी सर्वसाधरणको उपस्थिति बिना त्यहीँ बस्ने मौलवीद्धारा मात्र पढ्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।
उहाँका अनुसार सो छलफलमा नवाज पढ्ने मौलवीहरुले अनिवार्य सामाजिक दुरी कायम गर्दै मास्क लगाउने र कोरोनाबाट बच्ने स्वास्थ्य मापदण्डहरु अपनाउने सहमति गर्दै सोही अनुसार निर्णय पनि गरिएको छ ।
साथै सबैले इद आ–आफ्नो टोलमा मात्र अनिवार्य मास्क तथा सामाजिक दुरी र स्वास्थ्य मापदण्ड सहित मनाउने एवम् मुस्लिम अगुवाहरुले कोरोना भाइरसबाट बच्नका लागि स्वास्थ्य सचेतना सबैमा फैलाउने निर्णय पनि सो बैठकमा भएको उहाँले जानकारी दिनुभयो ।
सो बैठकमा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सिद्धि बिक्रम शाह , गरुठा नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत मुस्ताक आलम, गुजरा नगरपालिकाकी उपप्रमुख रौशना खातुन, अनवर हास्मी तथा जिल्लाका विभिन्न मस्जिदहरुका मौलाना एवम् मुस्लिम अगुवाहरुको उपस्थिति रहेको थियो ।-न्युज २४ को सहयोगमा