
रामनारायण यादव, राजविराज। सप्तरीमा थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचाररत जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका वडा नम्वर ४ का ४७ वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।
श्वास प्रश्वासमा समस्या देखिएपछि २७ गते सोमबार अस्पतालमा भर्ना गरिएको थियो । यो सँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिक्रिया